बार एशाेसिएशनले आज ६८ औँ स्थापना दिवस मनाउँदै

कानून व्यवसायीको छाता संगठन नेपाल बार एशाेसिएशनले आज (शनिबार) स्थापना दिवस मनाउँदैछ। ‘स्वतन्त्र न्यायपालिका, प्रविधिमैत्री सेवा : सक्षम कानुन व्यवसायी, पेशागत मर्यादा’ नाराका साथ ६८ औँ दिवस मनाउन लागेको हो।

दिवसका अवसरमा एशाेसिएशनले शुभकामना आदान–प्रदान तथा चियापानको कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम काठमाडौंको रामशाहपथस्थित बार एसोसियसनको प्राङ्गणमा बिहान १० बजे शुरु हुने बताइएकाे छ।

एसोसिएशनले प्रत्येक वर्ष पुस ७ गते स्थापना दिवस अर्थात् ‘बार डे’ का अवसरमा चियापन कार्यक्रम गर्दै आएको छ। २०१३ साल पुस ७ गते स्थापना भएको नेपाल बार एसोसियसन हाल देशभरका ८३ भन्दा बढी बार एकाइको साझा संगठन बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *