यातायात कार्यालयमा सेटिङ धन्दा : ५० हजारसम्ममा हुन्छ लाइसेन्सको किनबेच !

सवारी चालक अनुमति पत्र(लाइसेन्स) वितरणमा सेटिङ धन्दा मौलाउन थालेको छ। बुटवल, वीरगञ्ज, जनकपुर, काठमाडौंलगायतका स्थानमा चालक अनुमतिपत्रको किनबेच हुने गरेको खुलासा भएको छ।

कार्यालयका कर्मचारी तथा बिचौलिया र ड्राइभिङ सेन्टरका सञ्चालकहरूको मिलेमतोमा सेटिङ मिलाएर लाइसेन्स दिने गरिएको र त्यसवापत प्रतिव्यक्ति ५० हजार रुपियाँसम्म लिने गरिएको स्रोतको दाबी छ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र रूपन्देहीबाट मनिस केसी र अभिनाश गैरेले बिचौलियामार्फत् ५० हजार रकम घुस खुवाई सेटिङमा स्मार्ट लाइसेन्स निकाल्न खोजको तथ्य बाहिरीएपछि स्मार्ट कार्ड लाइसेन्समा बिचौलियाहरू हाबी भएको रहस्य खुलेको हो।

यी दुवै लाइसेन्स रूपन्देही जिल्लामा रहेको यातायात कार्यालयबाट लिखित र ट्रायल परीक्षामा सहभागी नभए पनि दुवै पास गरेको व्यहोरासहित यातायात व्यवस्था विभागमा स्मार्ट कार्ड प्रिन्टका लागि आएको केही दिनमै यो रहस्य बाहिरएको हो।

अघिल्लो हप्ताको बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले बानेश्वर मीनभवनस्थित यातायात व्यवस्था विभागमा लाइसेन्स लिन पुगेका मनिस केसीलाई विभागको परिसरबाटै पक्राउ गरेको थियो।

हाल केसीलाई अपराध महाशाखाले थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा बुझाएको छ। बागलुङ नगरपालिका वडानम्बर ४ घर भएका केसीले लिखित र ट्रायलबिनानै ०१ –११ – ८८९९०१५७ नम्बरको बी वर्गको लाइसेन्स निकाल्नका लागि रूपन्देही जिल्लाका यातायात कार्यलयका कर्मचारी र बिचौलियालाई ५० हजार रुपियाँ रकम घुस दिएको दाबी स्रोतले गरेको छ।

पछिल्लो समय बिचौलिया र यातायात कार्यलय रूपन्देहीका कर्मचारीको मिलेमतोमा लिखित र ट्रायल परीक्षा नै नदिई कैयौं लाइसेन्सको काम भएको विभागका एक कर्मचारीले बताए। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया

One thought on “यातायात कार्यालयमा सेटिङ धन्दा : ५० हजारसम्ममा हुन्छ लाइसेन्सको किनबेच !

Leave a Reply

Your email address will not be published. Required fields are marked *