गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छ : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताएका छन्।

आइतबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताए। उनले राजनीतिक दलहरूले यसबारेमा विशेष जोड दिई गम्भीर बन्नुपर्ने बताए।

उनले नेता स्व. भट्टराई कुनै पनि बदनामले नछोएको व्यक्ति भएको बताए। उनले नेता भट्टराईको खोजीनीति गरी पुस्तक लेख्नुपर्ने र सबैलाई बुझाउन सक्नुपर्ने बताए।

सभापति देउवाले कृष्णप्रसाद भट्टराईले देखाएको बाटोमा पार्टीलाई हिँडाउन सकेको खण्डमा प्रजातन्त्र झनै सुदृढ हुने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *