वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

धनुषाको तत्कालीन हँसपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कामेश्वर कापरसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

मुद्दा दर्ता हुने अन्यमा हँसपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, ठेकेदार मदन कुमार झा र नवीनकुमार चौधरी रहेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार उनीहरूविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

उनीहरूले पाँच लाख ५५ हजार रूपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोही रकम बराबर बिगो कायम गरेर मुद्दा दर्ता गरेको हो ।

हँसपुर नगरपालिका वडा नं. १ भगवानपट्टीमा रहेको कित्ता नम्बर ३३० को सार्वजनिक पोखरीलाई वडा नं. १ का वडा अध्यक्षले ठेक्का लगाउँदा भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा सार्वजनिक पोखरी ठेक्काबापत दोस्रो वर्षको किस्ता ५ लाख ५५ हजार रूपैयाँ राजस्व रकम दाखिला गर्नुपर्नेमा सो नगरी हंसपुर गाउँपालिकालाई हानिनोक्सानी गरेको पाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *