सातै प्रदेशमा ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ ।

यही पुस १६७ गते मंगलबारदेखि ग्लोबल आइएमई बैंक १७ औं वर्षमा प्रवेश गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ ।

शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू, महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरणलगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरिनेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

यसअन्तर्गत बैंकले पुस ४ गते बुधबार सूदुरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाँउपालिका वडा नं. २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको, जहाँ १७० भन्दा बढी महिलाहरूको स्वास्थ्य जाँच गरिएको थियो ।
यसैगरी बैंकले अरू ६ वटा प्रदेशहरूमा यही पुस महिनामा शिविरहरू सञ्चालन गर्नेछ, जसअन्तर्गत बैंकले बागमती प्रदेशमा भरतपुर महानगरपालिका वडा नं. ८ चितवनस्थित गौरीगञ्ज स्वास्थ्य चौकी, शरदपुरमा पुस १३ गते शुक्रबार, लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाँउपालिका वडा नं. ३, पाल्पा स्थित छहरा स्वास्थ्य चौकीमा पुस १७ गते मंगलबार, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १३, सुर्खेतस्थित जर्बुट्टा स्वास्थ्य चौकीमा पुस १८ गते बुधबार, गण्डकी प्रदेशमा अन्नपूर्ण गाँउपालिका वडा नं. ६ म्याग्दीस्थित पोखरेबजार आधारभूत विद्यालयमा पुस २१ ग्ते शनिबार र कोशी प्रदेशमा इलाम नगरपालिका वडा नं. ४, इलामस्थित मलाटे स्वास्थ्य चौकीमा पुस २८ गते शनिबार स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।

स्वास्थ्य शिविर ग्रामीण तथा अर्धसहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर