प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। उनले मङ्गलबार अपराह्न ३ बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

एक वर्ष कार्यकाल पुगेकाे अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन्। उनले एक वर्षमा भएका कामकारबाही र आगामी योजनाका विषयमा सम्बोधन गर्नेछन्। प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर