देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु साझा जिम्मेवारी हो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु साझा जिम्मेवारी भएको बताएका छन्।

मंगलबार ज्यापू संस्कृति विकास कोषले २० औं राष्ट्रिय ज्यापू दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरूको साझा देश भएको उल्लेख गर्दै देशको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदाहरू र सामाजिक बनोट विश्वमै नमुना रहिआएको बताए। उनले यो नै नेपालीको पहिचान र गौरव रहेको बताए।

प्रधानमन्त्री दाहालले नेपालका चाडबाड, जात्रापर्व, सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य निधि भएको पनि बताए।

उनले ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण गरी आफ्नो परम्परालाई जीवन्त राख्नु र विकासको नयाँ अवधारणासँग अनुकूलित तुल्याउनु पनि राष्ट्रको दायित्व भएको बताए। उनले सरकार भौतिक तथा अभौतिक संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्न प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री दाहालले ज्यापू संस्कृति कोषलाई सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर