राष्ट्रका नाममा प्रधानमन्त्रीकाे सम्बाेधन

अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुँदैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्ककमल दाहालले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नहुने बताएका छन्।

मंगलबार सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा नहुने बताएका हुन्। उनले संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रस्ट र इमानदार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्ने बताए।

अब मेरिटोक्रेसी सुरू हुने र त्यसको प्रस्थान बन्दु त्रिभुवन विश्वविद्यालय हुने उनले बताए। प्रधानमन्त्री दाहालले शिक्षामा गुणस्तरीय र प्रतिस्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न सरकारले बहुआयामिक कदम चाल्ने बताए।

उनले विद्यालयलाई राजनीतिक क्रीडास्थल बनाउन नहुने भन्दै यसका निम्ति सरोकारवाला सबैको साथ चाहेको बताए। उनले यसै वर्षदेखि शिक्षक, विद्यार्थी अनुपातमा पनि सुधार गरिने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *