मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत साबित गर्नु छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिनाभित्र काठमाडौंमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताएका छन्। आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री दाहालले मेलम्चीको पानी उपयोग गर्न नपाएको गुनासो सुनिरहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि आफूले सम्बन्धित निकायसँग छलफल गरिरहेको बताए।

मेलम्ची खानेपानीको समस्याबारे आफूले सबै सम्बन्धित निकायसँग छलफल गरी समाधानका लागि काम अघि बढाएको प्रधानमन्त्री दाहालको भनाइ थियो।

प्रधानमन्त्री दाहालले खानेपानीसम्बन्धी काम गर्ने निकायको संरचनागत सुधार गर्ने कामलाई पनि सरकारले प्राथमिकता दिएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर