२१ प्रहरी एक महिनादेखि सम्पर्कविहीन

नेपाल प्रहरीले आफूखुसी सम्पर्कविहीन भएका २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालय नक्शालले एक महिनादेखि गैरहाजिरी रहेका आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा/गराउँदा समेत उपस्थित नहुने २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।

बाटो म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारणसहितको  स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको बुधबार जारी सूचनामा उल्लेख छ। अन्यथा प्रहरी नियमावली, २०७१ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *