भविष्यमा कोरोना जस्ता महामारी आइपर्न सक्छन्, तयारी अवस्थामा रहौँ : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भविष्यमा आइपर्न सक्ने कोरोनाजस्ता महामारीसँग लड्न तयारी अवस्थामा रहनुपर्ने जनाएको छ ।

डब्ल्यूएचओले विश्वले तीन वर्षमा कोभिडका कारण निम्तिएको सङ्कट, पीडा र नोक्सानी भोगेको जनाउँदै अब भविष्यमा आइपर्न सक्ने यस्ता महामारीसँग लड्न तयारी गर्नुपर्ने जनाएको हो ।

डब्ल्यूएचओले सन् २०२३ मा प्रमुख स्वास्थ्य चुनौतीहरू निम्तिएका जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले सन् २०२३ ले स्वास्थ्य क्षेत्रमा आएका सङ्कटसँग लड्न बलियो आधार तय गरेको बताएका छन् ।

गेब्रेयससले गएको मे महिनामा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्कालका रूपमा कोभिड–१९को अन्त्य भएको घोषणा गरेका छन् ।

उनले अझै पनि हैजालगायत ४० वटाभन्दा धेरै प्रकोपहरूसँग लड्नुपर्ने अवस्था रहेको बताए । उनले अन्य प्रकारका महामारी रोक्नका लागि विश्वको तयारी अपुग रहेको बताएको एएफपीमा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर