सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाकाे सुनुवाइ आज पनि हुने भएकाे छ। जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो।

आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियाे। सोमबार र मंगलबार सार्वजनिक विदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुन लागेकाे हाे।

आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए। बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको थियाे। क्रिकेटर सन्दीप लामिछानेमाथि गत वर्ष एक किशोरीलाई होटलमा लगी बलात्कार गरेको अभियोग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *