सहमति गर्ने अनि घेराबन्दी पनि गर्ने दोहोरो चरित्र अब चल्दैन : विप्लव

समाजवादी मोर्चाको बैठक बेलुका पुन: बस्ने गरी सकिएको छ। समसामयिक विषयमा निर्णयहरू गर्न बैठक पुनः बुधवार साँझ बस्ने गरी बिहानको बैठक सकिएको नेकपाका महासचिव नेत्रविक्रम चन्दले जानकारी दिए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षको सामान्य समीक्षा भएको छ। यसका साथै नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध जारी पक्राउ पुर्जीबारे समेत छलफल भएको छ ।

‘सरकारका कामहरूको बारेमा छलफल सुरु भएको छ’, विप्लवले भने, पक्राउ पुर्जीबारे पनि छलफल सुरु भएको छ। सरकार सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् तर यो चल्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर