आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर