निकट पत्रकार राखेर कुलमानले गर्न खाेजेकाे पत्रकार सम्मेलन अरू पत्रकार पुगेपछि गरे स्थगित

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूविरूद्ध प्रश्न उठ्ने भएपछि बुधबारका लागि बोलाएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरेका छन् ।

सीमित पत्रकार बोलाएर दिउँसो १ बजेका लागि गर्न खोजेको पत्रकार सम्मेलन उनले अन्तिम समयमा स्थगित गरेका हुन् ।

कार्यकारी निर्देशक घिसिङले आफू निकटका सीमित पत्रकार राखेर ट्रंक र डेडिकेटेड लाइनबारेको भनाइ सार्वजनिक गर्न खोजेका थिए । प्राधिकरणले पत्रकार सम्मेलन गर्दैछ भन्ने हल्ला फैलिएपछि धेरै पत्रकार आउने र आफूविरूद्धका प्रश्न सामना गर्नुपर्ने भएपछि उनले पत्रकार सम्मेलन स्थागित गरेका हुन् ।

पत्रकार सम्मेलन गर्ने भनेपछि १५ जनाजति मिडियाकर्मी बुधबार दिउँसो प्राधिकरण पुगिसकेका थिए । प्राधिकरणले पत्रकार सम्मलेन गर्ने भनेर आजको मितिसहितको ब्यानरसमेत टाँसिसकेको थियो । आफूहरूले चाहेको भन्दा बाहेकका पनि मिडियाकर्मी पुगेपछि प्राधिकरणका एक कर्मचारीले हतार-हतार ब्यानर बन्द गरेका थिए ।

प्राधिरकणले टाइम अफ द डे (टीओडी) मिटर नै उपलब्ध नगराई उद्योगीसँग अतरिक्त शुल्क असुल गर्न खोजेको भन्दै आलोचना भइरहेको छ । प्राधिरकणले डेडिकेटेड र ट्रंक लाइनबाट लिएको बिजुलीको पैसा नतिरेको भन्दै ९ वटा उद्योगको लाइन काटिसकेको छ । प्राधिकरणले बिल र बिजुली खरिदको प्रमाणबिना नै फर्जी बिल बनाए उद्योगीबाट पैसा मागेर लाइन काट्न थालेको छ ।

उद्योगीले प्राधिकरणले बिजुली प्रयोग गरेको प्रमाण दिए आफूहरू शुल्क तिर्न तयार रहेको भन्दै पत्रकार सम्मेलन गर्दा पनि प्राधिकरण भने उद्योग बन्द गराएर आफूविरूद्धको प्रश्नसँगसमेत डराइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *