‘औद्योगिकीकरण गर्दै विद्युत खपत बढाउने बेला लाइन काट्ने निर्णय ठीक कि बेठीक भन्ने बहस चल्नु दुर्भाग्यपूर्ण’

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले देशलाई औद्योगिकीकरण गर्दै विद्युत खपत बढाउने काम गर्नुपर्ने बेला उद्योगमा विद्युत लाइन काट्ने निर्णय ठीक कि बेठीक भनेर बहस चल्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन्।

उनले उद्योगको लाइन काटेर महिनौंसम्म छलफल, बहस, अड्डा-अदालत गरेर उद्योग बन्द गर्ने/गराउने कार्यले निकासी भइरहेका सिमेन्ट, जस्तापातालगायतका सामग्रीको उत्पादन बन्द हुँदा उद्योगीलाई मात्र नभई देशलाई नै घाटा हुने बताए।

‘यसबारे कुरा स्पष्ट छ, प्रयोग गरेको बिजुलीको बिल तिर्नुपर्छ, प्रयोग नगरेको तिर्नुपर्दैन। प्राधिकरणले फर्जी बिल काटेको भन्ने आरोपको खण्डन गर्न सक्नुपर्छ। टीओडी मिटरमा रेकर्ड नभएको बिल बनाई, नभएको आम्दानीको आत्मरतिमा रमाउनु गलत हो,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।

उनले तत्काल टीओडी मिटरको रेकर्ड सार्वजनिक गर्न माग गर्दै त्यसले नै तिर्नुपर्ने र नपर्ने कुराको छिनोफानो गर्ने उल्लेख गरेका छन्।

औद्योगिकीकरणका लागि सबैले सक्दो प्रोत्साहन गर्नुपर्ने भन्दै उनले नसके निरूत्साहन पनि नगर्न आग्रह गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर