गभर्नरको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै परेकाे रिटमा आज सुनुवाइ हुँदै

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइका लागि आजलाई पेसी तोकिएको छ। मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटमा सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको हो।

अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले संयुक्तरूपमा दायर गरेको रिट बिहीबार दर्ता भएको थियो। रिटमा गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाइएको छ ।

रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० ले गभर्नरका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तोकिए पनि गभर्नर अधिकारीले स्नातकोत्तर नगरेको दाबी गरिएको छ।

न्यूनतम शैक्षिक योग्यता नै नभएको व्यक्ति गभर्नरमा राखिरहनु उपयुक्त नहुने भन्दै अधिकारीको नियुक्ति बदर गर्नुपर्ने रिटको माग छ। गभर्नर अधिकारी चार्टर्ड एकाउन्टेन्ट रहेको र त्यो स्नातकोत्तर वा सो सरहको शैक्षिक योग्यता नभएको पनि रिटमा उल्लेख छ।

यसअघि पनि गभर्नर अधिकारीबिरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालते खारेज गरिदिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *