पाकिस्तानले नयाँ वर्ष नमनाउने

पाकिस्तान सरकारले नयाँ वर्ष २०२४ नमनाउने घोषणा गरेको छ । कार्यवाहक प्रधानमन्त्री अनावरुल हक काकरले राष्ट्रका नाममा सम्बोधन गर्दै उनले प्यालेस्टिनीहरुप्रति ऐक्यबद्धता देखाउन र नयाँ वर्षमा संयम र नम्रता देखाउन देशवासीलाई आग्रह गरेका छन् ।

पाकिस्तानमा नयाँ वर्षको उत्सव यसअघि पनि ठूलो मात्रामा मनाइँदैन, इस्लामिक समूहहरूले सुरुदेखि नै यसको विरोध गर्दै आएका छन् ।

प्यालेस्टाइनको गम्भीर अवस्थालाई ध्यानमा राखेर र प्यालेस्टाइनीप्रति ऐक्यबद्धता जनाउन सरकारले नयाँ वर्षमा कुनै पनि प्रकारका कार्यक्रममा कडा प्रतिबन्ध लगाउने काकरले बताए ।  उनले अक्टोबर ७ मा युद्ध सुरु भएदेखि इजरायली सेनाको आक्रमण र बम विष्फोटमा ९ हजार बालबालिकासहित २१ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको बताए ।

कक्कडले इजरायली सेनाले गाजामा प्यालेस्टाइनीहरू विरुद्ध हिंसा र अत्याचारको सबै सीमा पार गरेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *