बालकुमारी घटनाबारे मन्त्री शर्माले भनिन्- अराजकता स्वीकार्य छैन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको बताएकी छन्।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अराजकता नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताउँदै त्यसनिम्ति आवश्यक पलहकदमी लिएको उल्लेख गरिन्।

ललितपुरको बालकुमारीमा आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री सवार गाडीमाथि भएको आगजनी र त्यसमा परी दुई जनाको मृत्यु भएपछि सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले मन्त्री शर्माले कसैले पनि अराजकतालाई प्रश्रय दिन नहुनेमा जोड दिइन्।

‘जे घटना भयो त्यो दुखद् भयो, आफ्ना असन्तुष्टि शान्तिपूर्वक प्रस्तुत गर्न पाइन्छ, सरकारप्रति असन्तुष्टि अभिव्यक्त गर्न पनि पाइन्छ, तर हिंसात्मक गतिविधि मान्य हुँदैन,’ मन्त्री शर्माले भनिन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर