पूर्वनौसेना कमान्डर डोङ जुन चीनको नयाँ रक्षामन्त्री नियुक्त

ली साङ्फुलाई बर्खास्त गरेको करिब दुई महिनापछि चीनले डोङ जुनलाई आफ्नो नयाँ रक्षामन्त्रीका रूपमा घोषणा गरेको छ।

शुक्रबार बेइजिङमा बसेको चिनियाँ राष्ट्रिय जनकांग्रेसको स्थायी समितिको बैठकमा चीनका शीर्ष विधायकले डोङ जुनको नियुक्तिको घोषणा गरेका हुन्।

६२ वर्षीय डोङ जुन पूर्वनौसेना कमान्डर हुन्। उनलाई अगस्ट २०२१ मा नौसेनाको कमान्डर बनाइएको थियो।

डोङ जुनले चिनियाँ सेनाको दक्षिणी थिएटर कमान्डको उपकमान्डरका रूपमा काम गरेका छन् भने उनले दक्षिण चीन सागरजस्ता विवादित क्षेत्र पनि सम्हालेका छन्।

यस वर्षको सुरुमा देशका धेरै उच्च सैन्य अधिकारीहरूलाई बर्खास्त गरेपछि चीनले यो कदम उठाएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर