गगनको चेतावनी- राम्रो काम गर्न नसके प्रचण्डलाई बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेससँग छ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउने चेतावनी दिएका छन्।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गरे।

उनले कांग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै कांग्रेसले नचाहेको दिन प्रधानमन्त्री रहिरहन नसक्ने बताए।

उनले कांग्रेस नभए देश गृहयुद्धमा फस्ने दाबी गरे। उनले बालकुमारीमा शुक्रबार भएको घटनाप्रति दुःख व्यक्त गरे।

महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रियसभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए। उनले यसबारेमा आफूले महासमितिको बैठकमा प्रस्ताव गर्ने भन्दै प्रस्तावमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे।

उनले राष्ट्रियसभा सदस्य मनोनयन गर्न लामो छलफल गरे पनि पार्टी सभापतिको गोजीबाट नै अन्तिममा नाम टुंगो लाग्ने परिपाटी अन्त्य गर्नुपर्ने बताका हुन्।

महामन्त्री थापाले सरकारमा गएका मन्त्रीहरूले काम गर्न नसके फिर्ता बोलाउनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर