सांसद चन्द्र भण्डारीको प्रश्न- यो देश कोरिया जान पाऊँ भन्दा मर्नुपर्ने देश हो?

नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाप्रति आपत्ति जनाएका छन्। शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन्।

उनले यो देश कोरिया जान फाराम भर्न पाऊँ भन्दा मर्नुपर्ने देश हो भन्दै प्रश्न गरे । उनले अहिले समाजमा असामाजिक गतिविधिहरू बढिरहेको बताए।

सांसद भण्डारीले भने, ‘अहिले समाजमा के भइरहेको छ? हिजो मात्रै बालकुमारीमा दुई जना बच्चा कोरियाको फर्म भर्न पाऊँ भनेर आन्दोलन गर्दा दुर्घटनामा परी मृत्यु भएको छ। के यो देश कोरिया जान फर्म भर्न पाऊँ भन्दा मर्नपर्ने देश हो? प्रश्न यो हो। यति ठूलो जलस्रोत, प्रकृति, स्रोत र साधन छ। कुन ठाउँमा छ? हाम्रो संस्कृतिले आँसुमा पनि मुस्कान दिन्छ।’

सांसद भण्डारीले देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर