‘कुलमानको महत्त्वाकांक्षा पूरा गर्न सरकार निरीह भयो’

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको महत्त्वाकांक्षा पूरा गर्नका लागि सरकार प्रयोग भएको बताएका छन्।

आइतबार डेडिकेटेड र ट्रंकलाइन लाइनका विषयमा जानकारी दिन व्यवसायीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन्।

उनले कुनै एउटा व्यक्तिको महत्त्वाकांक्षा पूरा गर्नका लागि प्रमाणबिना उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौता रकम बुझाउन नसक्ने बताए। उनले व्यवसायीहरूले डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौताको प्रमाण देऊ, पैसा तिर्छौं भनिरहँदा पनि लाइन काटिनु गलत भएको बताए।

‘अहिले विद्युत प्राधिकरणले उद्योगीहरूलाई अपराधी देखाएर प्रमाणित गर्ने काम भइरहेको छ,’ उनले भने, ‘एउटा व्यक्तिको महत्त्वाकांक्षाको निम्तिको लागि वा कार्यक्षमता प्रमाणित गर्नको लागि सरकार निरीह भएको छ। हामीले प्रमाण दिनुस्, पैसा तिर्न तयार छौं भन्दा पनि जबरजस्ती लाइन काट्नु कहाँसम्मको कुरा हो?’

उनले नेपालमा उद्योग गर्नु अपराध हो भन्दै प्रश्न गरे। उनले उद्योगीहरूलाई पछिल्लो समय विभिन्न संघसंस्था वा सरकारी कार्यालयहरूमा जाँदा अपराधीसरह व्यवहार गरिन थालेको महसुस हुन थालेको बताए।

उनले उद्योगीहरूले ६१ वटा उद्योग खोलेर देशमा अपराध गरेको जस्तो व्यवहार राज्यले गरिरहेको उल्लेख गरे। उनले देशलाई आत्मनिर्भर बनाउनु, रोजगारी सिर्जना गर्नु राजनीतिक नेता र कर्मचारीको मात्रै अधिकार हो भन्दै प्रश्न गरे।

उनले प्रमाण ल्याए विद्युतको महसुल तिर्न तयार रहेको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *