आजबाट अंग्रेजी नयाँ वर्ष २०२४ सुरु

ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष इस्वी सम्वत् २०२४ शुरु भएको छ। जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वतकाे सुरुवात् भएको भन्ने भनाइ रहेको छ। पोप ग्रेगोरीले जुलियन पात्रोलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रो चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ। यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्।

केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ। विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, भक्तपुरको नगरकोट र कास्कीको पोखरालगायत स्थानमा आइतबार राति नयाँ वर्षको स्वागतमा ‘न्यू इयर इभ’ मनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *