नेपालगञ्जमा कारको ठक्करबाट २ जनाको मृत्यु, १ गम्भीर घाइते

बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् ।

आइतबार राति अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेका उनीहरुलाई सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट घाईते भएका एक महिला र एक पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।मृतकको सनाखत हुन सकेको छैन ।

घाइते अर्की महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीका अनुसार घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर