भिड देखेपछि मन्त्रीज्यू किन रोकिनुभएन, आश्चर्य लागेको छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले घटनामा ईपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे ।

उनले गृह मन्त्रालय आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको बताए ।

उनले मन्त्री ज्वालाले आन्दोलनकारीहरूसँग सवालजवाफ गरेको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको प्रारम्भिक अध्ययनबाट निष्कर्ष निकालिएको बताए । उनले फायरिङपछि मात्रै गाडी जलेको देखिएको बताए ।

उनले वास्तविक अवस्था पत्ता लगाउनका लागि तीन सदस्यीय छानबिन आयोग गठन गरेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर