विदेश गएर परिवार पाल्छु भन्ने दुई युवाको गृह प्रशासनले हत्या गर्‍याे : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गई कमाएर परिवार पाल्छु भन्ने युवाहरूको गृह प्रशासनले हत्या गरेको भन्दै सरकारको विरोध गरेका छन्।

सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कमीकमजोरीका कारण बालकुमारीमा दुई जना युवाले ज्यान गुमाएको बताए।

उनले सरकारले दुई युवाहरूको हत्या गरेको बताए। भुसको थुप्रोमुनि हराएको सियो र गृहमन्त्री र समुद्रमा हराएको टाइटनिक भेटिए पनि सरकार र गृहमन्त्रीमा नैतिकता नभेटिने उनले टिप्पणी गरे।

उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले झुटो बोलेको कुराबारे के हुन्छ भन्दै प्रश्न गरे।

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा बिनाकारण प्रहरी अधिकारीहरूलाई सरूवा गर्नु, प्रकरणमा मुछिएकाहरूलाई बयान नै नलिनुले गृहमन्त्री राजनीतिक संरक्षणमा रहेको पुष्टि भएको जिकिर गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर