संसदमा विचाराधीन विधेयक सरकारले बीचमै अपहरण गर्न मिल्दैन : कानुनमन्त्री गुरूङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संसदमा विचाराधीन विधेयक सरकारले बीचैमा अपहरण गर्न नमिल्ने बताएका छन्।

मन्त्री गुरूङले संसद र संसदीय समितिमा विचाराधीन विधेयक त्यहाँको सम्पत्ति भएकाले त्यसलाई सरकारले बीचैमा अपहरण गरेर त्यहाँ राखिएको प्रावधान थपघट गर्न नमिल्नेतर्फ सांसदहरूको ध्यानाकर्षण गराएका हुन्।

सोमबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल भएको थियो। सोही छलफलमा सांसदहरूले सो विधेयक सामयिक नभएको भन्दै मन्त्री गुरूङको आलोचना गरेका थिए।

त्यसको जवाफ दिने क्रममा मन्त्री गुरूङले संसदको सम्पत्तिको रूपमा रहेका विधेयकलाई कानुनमन्त्रीले मनलाग्दी गर्न नमिल्ने बताए। उनले आफूले पनि सो विधेयक पढेकाले हरिलट्ठकको रूपमा चित्रण गर्ने प्रयास नगर्न पनि सांसदहरूलाई आग्रह गरे।

मन्त्री गुरूङले संसदले विधेयकलाई अन्तिम रूप दिने बेलामा सरकारले सांसदहरूले उठाएका विषयलाई सम्बोधन गरेरै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर