माओवादीको निष्कर्ष- रूपान्तरण अभियानले जनतामा आशा पलायो, कार्यकर्तामा जागृति ल्यायाे

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको जनतासँग विशेष रूपान्तरण अभियानले जनतामा आशा पैदा गरेको दाबी गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन्।

उनले जनतसँग विशेष रूपान्तरण अभियान निर्धारित लक्ष्य र उद्देश्य प्राप्तिमा सफल भएको दाबी गरे। अभियानले टोल कमिटीसम्म गठन-पुनर्गठन गरेको बताए।

अभियानले कार्यकर्ताहरूमा जागृति ल्याएको, जनतामा आशा पलाएको र चुनावका बेलामा मात्र नभई माओवादी अरू बेलामा पनि आउँदा रहेछन् भन्ने भएको सापकोटाले बताए।

उनले अभियानले पुराना नेताहरू पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरूको संख्या वृद्धिमा उल्लेखनीय भूमिका खेलेको बताए। उनले पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको पनि बताए।

प्रवक्ता सापकोटाले अभियानले सदस्यता नवीकरण तीव्रताका साथ अघि बढाउन भूमिका खेलेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *