जापानमा धावनमार्गमा दुई विमान ठोक्किएर भीषण आगलागीपछि पाँच जना बेपत्ता

हानेदा विमानस्थलमा कोस्ट गार्ड र जापान एयरलाइन्सको विमानबीच ठक्कर र त्यसपछि भएको भीषण आगलागीबारे नयाँ जानकारी आएको छ।

जापानी प्रसारकहरू टीबीएस र एनएचकेका अनुसार कोस्ट गार्ड विमानमा सवार एक व्यक्ति दुर्घटना पछि भाग्न सफल भए, तर अन्य पाँच जना अझै बेपत्ता छन्।

धावनमार्गमा पार्किङ गरेको कोस्ट गार्डको विमान र जापान एयरलाइन्सको विमान एकआपसमा ठोक्किएपछि यो दुर्घटना भएको हुन सक्छ।

दुर्घटनाको समयमा जापान एयरलाइन्सको विमानमा ३ सय ७९ यात्रु सवार थिए, जसलाई सकुशल बाहिर निकालिएको थियो।

जापान एयरलाइन्सको फ्लाइट ५१६ साप्पोरो सहर नजिकैको नयाँ चितोसे विमानस्थलबाट स्थानीय समयअनुसार अपराह्न ४ बजे उडेको थियो ।

फ्लाइटराडर वेबसाइटका अनुसार यो विमान स्थानीय समयअनुसार साँझ ५:४७ मा हानेदा विमानस्थलमा अवतरण भएको थियाे।

यो दुर्घटनापछि हानेदा विमानस्थलले अहिले सबै धावनमार्ग बन्द गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर