शिप बिल्डिङको परीक्षामा सहभागीलाई उत्पादनशील क्षेत्रका लागि फाराम भर्ने समय दिइयो 

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले शिप बिल्डिङको परीक्षामा सहभागीलाई उत्पादनशील क्षेत्रका लागि परीक्षा फारमम भर्ने समय थप गरेको छ । आज महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप गरिएको विभागद्वारा आज जारी सूचनामा उल्लेख छ ।
यसअघि यही पुस १३ गते जारी सूचनामा पुस १६ गतेदेखि १८ गतेसम्मका लागि फाराम भर्ने समय तोकिएको थियो । नयाँ सूचनाअनुसार परीक्षार्थीले अब पुस २० गतेसम्म  फारम भर्न पाउने छन् ।
विभागले पुस १३ गते ललितपुर महानगरपालिका-७, बालकुमारीमा दुखद् घटना घट्न गई दुई जनाको मानवीय क्षति हुन गएको र मृतकको अन्तिम संस्कारमा फाराम भर्ने परीक्षार्थी समावेश हुन सक्ने देखिएको तथा फाराम भर्न सुरू भएको पहिलो दिन प्राविधिक कारणले प्रणालीमा समस्या देखिएकाले दुई दिनको समय थप गरिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर