इजरायलकाे ड्रोन आक्रमणमा हमासका उपनेता अरौरीसहित ६ जनाको मृत्यु

इजरायलले गरेको ड्रोन आक्रमणका कारण हमासका उप राजनीतिक नेताको मृत्यु भएको छ। हमासको दोस्रो बरियतामा रहेका सालेह अल–अरौरीको दक्षिणी बेरुतमा ड्रोन हमलामा मारिएको बीबीसीले जनाएको हाे।

इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएकामध्ये ५७ वर्षिय अरौरी हमासका सबैभन्दा ठूला नेता हुन् ।

इजरायलले हमासविरुद्ध लेबनानमा गरेको सर्जिकल स्ट्राइकमा नेता अरोरीसहित अन्य ६ जना मारिएको दाबी गरेको छ। लेबनानका संचारमाध्यमका अनुसार इजरायली हमलामा उपनेता अरौरी, दुईजना हमास सैन्य कमाण्डरसहित ६ जनाको मृत्यु भएको हो।

इजरायली प्रवक्ता मार्क रेगेभले सालेह अल–अरौरीको “हमास नेतृत्व विरुद्धको सर्जिकल स्ट्राइक“ मा मृत्यु भएको पुष्टि गरेका छन्। हमासले आफ्ना नेताको मृत्युको निन्दा गर्दै लेबनानी सार्वभौमसत्तामा इजरायलले धाबा बोलेकोे प्रतिक्रिया दिएको छ।

यसैबीच लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलले आफुहरुलाई टकरावमा तान्न खोजेको आरोप लगाएका छन्। इजरायलले  हमास लक्षित आक्रमण गरेको भन्दै लेबनानलाई उत्तेजित नहुन भनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर