पहिचानवादी नेता राईको रिहाइको माग राख्दै मेची राजमार्गमा यातायात सेवा ठप्प

प्रदेश एक पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा ठप्प भएको छ । ताप्लेजुङसहित पाँचथर, इलाम र झापा जिल्लामा रहेको मेची राजमार्गमा आज बिहानैदेखि यातायातका साधन गुडेका छैनन् ।

पक्राउ परेका पहिचानवादी नेता आन्जेस राईको रिहाइको माग राख्दै समितिले मेची राजमार्गमा यातायात बन्द गरेको जनाएको छ । बन्दका कारण मेची राजमार्ग भएर पहाड जाने र तराई झर्ने यात्रु समस्यामा परेका छन् ।

मेची राजमार्गमा यातायात बन्द गरिदा ताप्लेजुङ्गबाट बाहिरिने र भित्रिने सवारी साधन ठप्प हुँदा यात्रु समस्यामा परेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर