लगानी सम्मेलनको मुखमा उद्योग बन्द गरेर सकारात्मक सन्देश जाँदैन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड र ट्रंकलाइनको विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणबीचको विवाद तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

उनले समस्या समाधानका लागि अर्धन्यायिक निकायहरू विद्युत नियमन आयोग, ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणबाट गर्न सक्ने समाधान तत्काल गर्न र सम्बन्धित निकायबाट समाधान हुन नसक्ने भए न्यायिक समिति वा आयोग बनाएर तुरून्तै समाधान गर्न माग गरे।

कोभिडबाट प्रभावित अर्थतन्त्र बिस्तारै लयमा आउन लागेको र लगानी सम्मेलनसमेत गर्न लागेको अवस्थामा डेडिकेटेड र ट्रंकलाइन विवादले विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने खतरा बढेको अध्यक्ष ढकालले बताए। उनले प्राधिकरणले काटेको उद्योगहरूको विद्युत लाइन तत्काल जोडेर समस्या समाधानको पहल गर्नुपर्ने बताए।

उनले चार महिना पहिला प्राधिकरणले उद्योगको लाइन काट्न सूचना निकाल्दा लाइन नकाट्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएपछि रोकिएको बताए। उनले सरकारले उद्योगी व्यवसायीहरू र प्राधिकरणबीच विवाद बढ्न नदिएर हस्तक्षेप गर्न आवश्यक रहेको बताए।

उनले एउटा ट्रान्समिसन लाइन र लोडसेडिङ भइसकेपछि प्राधिकरणबाट विद्युत महसुल तिर्न बिलहरू आएको विवाद न्यायिक आयोगमार्फत तत्काल समाधान गर्न आवश्यक रहेको बताए। -न्यूज एजेन्सी नेपाल

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर