भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजगता अपनाउन आग्रह

छिमेकी मुलुक भारत र चीनमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजगता अपनाउन आग्रह गरेको छ । भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन-१ फैलिरहेकाले नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सचेत गराएको हो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भिडभाड हुने स्थान जस्तैः मेला, भोज, पार्टीलगायतमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेका छन् । उनले नेपालमा अणुवांशिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको बताए ।

मन्त्रालयले विश्वका केही देशमा कोभिड-१९ को सङ्क्रमणको नयाँ भेरियन्ट जेएन-१ को जोखिम बढिरहेको र छिमेकी देशमा पनि सङ्क्रमण फैलिरहेकाले आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

कोभिड-१९ को नयाँ सबभेरियन्टको बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै प्रवेशबिन्दुका सबै हेल्थ डेक्स, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक स्क्रिनिङ र निगरानी भइरहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ भेरियन्टको रोकथाम र उपचारको व्यवस्थापनका लागि तयारीमा अवस्था रहेको जनाएको छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर