भारतीय विदेश मन्त्रालयका प्रवक्ता फेरिए, रणधीर जायसवाललाई जिम्मेवारी

भारतको विदेश मन्त्रालयका प्रवक्ता फेरिएका छन्। भारत सरकारले बुधबारदेखि लागू हुने गरी सो जिम्मवारीमा वरिष्ठ कूटनीतिज्ञ रणधीर जायसवाललाई नियुक्त गरेको हो।

यसअघिका प्रवक्ता अरिन्दम बाग्चीको जिम्मेवारी परिवर्तन भएपछि भारतीय विदेश सेवा (आईएफएस)  काे १९९८ ब्याचका अधिकृत जायसवाललाई उनको ठाउँमा नियुक्त गरिएको हो।

यसअघिका प्रवक्ता बाग्ची संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधिमा नियुक्त गरिएका छन्।

जायसवालले यसअघि जुलाई २०२० मा न्युयोर्कमा कन्सुलर जनरलका रूपमा काम गरेका थिए। कोभिड-१९ महामारीको समयमा भारतीय अमेरिकीहरूलाई स्वदेश फिर्ता गर्न उनले खेलेको भूमिकाको प्रशंसा भएको थियो।

जायसवालले पोर्चुगल, क्युबा, दक्षिण अफ्रिका र न्युयोर्कमा संयुक्त राष्ट्रसंघमा भारतको स्थायी मिसनमा सेवा गरिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर