अयोध्यामा जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि धनुषास्थित जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै छ ।

मिथिलाञ्चलमा छोरीको घरमा माइतबाट कोसेली पठाउने चलन छ । त्यही विधि अनुसार अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा (घरबास)मा सीताको माइतीघर जनकपुरबाट कोसेली पठाउन लागिएको हो ।

सीताको माइतीघरबाट रामको दरबारमा पठाइने कोसेलीमा ठेकुवा, भुसुवा, पेरुकिया, खजुरिया फलफूल, पञ्चमेवा, साडी, धोती ,गरगहना, पलङ, टेबुल, कुर्सी, चुल्होजस्ता सामग्री रहने बताइएको छ ।

नेपालका विभिन्न नदीहरूबाट सङ्कलन गरिएको पवित्र जलसहितको कलशलाई अभिषेकका लागि गत साता अयोध्या पठाइएको थियो ।

जानकी मन्दिर प्राङगनमा कोसेली तयारी अवस्थामा राखिएको बताउँदै जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले, भार लिएर आज बिहान ८ बजे जनकपुरधामबाट निस्किने कार्यक्रम रहेको बताए ।

बिहान भार लिएर जनकपुरधामको परिक्रमा गर्ने र  त्यहाँबाट हुलाकी सडक हुँदै, सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढीमाई हुँदै विरगंजमा रात्री बास बस्ने उनले बताए ,

शुक्रबार रक्सौल बोर्डर हुँदै बेतिया, गोरखपुर हुँदै अयोध्या पुग्ने बताइएको छ । शनिबार बिहान ९ बजे भारलाई राम जन्मभूमी ट्रष्टलाई हस्तान्तरण गर्ने र राम मन्दिर दर्शन गर्ने गरी जनकपुरका लागि फर्किने योजना रहेको उनको भनाई छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *