प्रश्नपत्र बाहिरिएपछि मध्यपश्चिम विश्वविद्यालयका परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जना निलम्बित

प्रश्नपत्र ‘आउट’ गरेको भन्दै मध्यपश्चिम विश्वविद्यालयका परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जनालाई निलम्बन गरिएको छ ।

पुस ३ गतेदेखि सञ्चालन हुने भनिएको ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौं सेमेस्टारको डिजाइन अफ स्ट्रक्चर विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गर्दै उनीहरूलाई निलम्बन गरिएको हो ।

उपकुलपति डा. नन्दबहादुर सिंहका अनुसार परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित ६ जनालाई निलम्बन गरिएको हो र यसबारे विस्तृत जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिने छ ।

प्रश्नपत्र बाहिरिनुमा परीक्षा व्यवस्थापनको नै कमजोरी देखिएको निष्कर्षका आधारमा यो कारबाही गरिएको हो र यसबारे थप छानबिन पनि भइरहेको छ ।

निलम्बनमा पर्नेमा परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख र सम्बन्धित इन्जिनियरिङ शाखामा काम गर्ने पाँच जना कर्मचारी रहेका छन् । उनीहरूको ठाउँमा नयाँलाई जिम्मेवारी दिइएको र रद्द भएको परीक्षा छिट्टै सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर