शैक्षिक प्रमाणपत्र नक्कली रहेको अभियोगमा नेपाल एयरलाइन्सका क्याप्टेनविरूद्ध भ्रष्टाचार मुद्दा

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का विमान चालक सम्राटबहादुर शाहविरूद्ध शैक्षिक प्रमाणपत्र नक्कली रहेको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

२०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्ति भई आठौं तहको क्याप्टेन पदमा बढुवा भएका चालक शाहीले बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनले भारतको उत्तर प्रदेशस्थित सेकेन्डरी एजुकेसन काउन्सिलअन्तर्गत भीएसजे इन्टरकलेज गोरखपुरबाट प्रवीणता परीक्षामा प्रथम श्रेणी हासिल गरेको भन्दै झुटो प्रमाणपत्र पेस गरेको आरोप लागेको हो ।

आयोगमा उजुरी परेपछि छानबिन गर्दा शाहीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तिायरका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

शाहीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजायको मागदाबी लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *