हुम्लामा चार दिनदेखि बेपत्ता पुरूष मृत भेटिए

हुम्लामा चार दिनदेखि बेपत्ता भएका एक पुरूष मृत अवस्थामा फेला परेका छन् ।

सर्केगाड गाउँपालिका-६, बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए ।

यही पुस १६ गते बेलुका गोठमा बाख्रा भित्र्याउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएका थिए । गाउँ नजिकैको अल्का ढुस्काको भिरबाट खसेर मृत्यु भएको स्थानीयवासी जीवन ऐडीले बताए ।

हिन्दु परम्पराअनुसार मृतक बुढाथोकीको आज दाहसंस्कार गरिएको भक्तराजले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर