जनवरी १० देखि १२ सम्म गुजरातमा भाइब्रेन्ट गुजरात ग्लोबल समिट हुने

यही जनवरी १० देखि १२ मा भारतको गुजरातमा भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ हुने भएको छ । यसअघि कोरोनाका कारण स्थगित भएको ग्लोबल समिट यही जनवरी १० देखि १२ सम्म हुने भएको छ ।

ग्लोबल समिटको अवसरमा भारतको गुजरातले नेपाल साझेदार देश भन्दै स्वागत गरेको छ । ‘यो साझेदारीले गुजरात र नेपालबीच ज्ञानको आदानप्रदान र नवप्रवर्तनतर्फ बलियो कदमको सङ्केत गर्दछ ।’ सामाजिक संजाल टुइटरमा भनिएको छ ।

गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त हो । २०१४ मा भारतीय प्रधानमन्त्री हुनुअघि उनी गुजरातका मुख्यमन्त्री थिए ।
सन् २००३ देखि सुरू भएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट दुई÷दुई वर्षमा हुने गरेको छ ।
भाइब्रेन्ट गुजरातमा विभिन्न देशका राष्ट्र र सरकार प्रमुख, मन्त्रीहरू, विभिन्न कम्पनीका सिइओहरू सहभागी हुन्छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर