कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतवार) बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार छनोटका विषयमा छलफल हुने बताइएको छ।

माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा सोमबार (पुस २३ गते) उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *