भैरहवाका उद्योगी र मजदुरहरु विद्युत प्राधिकरणको कार्यालयमा धर्ना

भैरहवाका उद्योगी र मजदुरहरु नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि जम्मा भएर धर्ना बसेका छन् ।

भैरहवामा नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएका उद्योगका प्रतिनिधि र त्यहाँ कार्यरत मजदुरहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले ‘ट्रंक लाइनको निहुँमा उद्योग मास्न पाइँदैन’, ‘नियमन आयोगको नियम लागु गर’ लगायतका नारा लेखिएका प्लेकार्ड राखेर प्रदर्शनमा उत्रिएका छन् ।

डेडिकेटेड फिडर र ट्रंक लाइन सम्बन्धी विवादमा नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको विद्युत् लाइन काटिदिएपछि उद्योग बन्द भएको र रोजीरोटी नै खोसिने अवस्था बनेको भन्दै मजदुरहरू आन्दोलित छन् । यसअघि बाराको सिमराका उद्योगका मजदुरहरूले पनि विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर