राष्ट्रियसभा निर्वाचनका लागि राप्रपाले टुंग्यायो ९ उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ९ जना उम्मेदवार टुंग्याएको छ।

आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले ९ जना उम्मेदवार टुंगो लगाएको हो।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने भएको छ।

बागमती प्रदेशमा हेमजंग गुरूङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय भएको छ।

गण्डकीमा गौमाया श्रेष्ठ, रोमबहादुर भण्डारी, लुम्बिनीमा निरञ्जन थापा, विजयलक्ष्मी सिंह उम्मेदवार बन्ने भएका छन्।

यसैगरी मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि उम्मेदवार टुंगो लगाइने राप्रपाले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर