भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई कुनै आपत्ति छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन्।

उनले भारत सरकारसँग भएको सम्झौतको डकुमेण्टहरू समिति वा सदनमा खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको जिकिर गरे।

उनले भारतीय दूतावासले सिधै २० करोड खर्च गर्न पाउने प्रकृतिका सम्झौता भारतसँग मात्रै नभइ अन्य देशहरुसँग पनि हुँदै आएको दाबी गरे।

उनले भारतसँगको यो सम्झौता संघीय सरकारको हात माथि पर्ने गरी गरेको दाबी गरे। उनले भारतीय दूतावासले यसअघि पनि सिधा ५ करोड रूपैयाँ खर्च गर्ने गरेको भन्दै अंक बढाउने कुराले देशमा कुनै अर्थ नराख्ने बताए।

प्रधानमन्त्री दाहालले भारतसँग २० करोड रूपैयाँ सिधै खर्च गर्न पाउने भएको सम्झौता २५ दिनअघि नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेको विषय रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर