राष्ट्रियसभा निर्वाचन : उजुरी छानबिनपछि आजै उम्मेदवारको नामावली प्रकाशित हुँदै

आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदै छ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।

उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

भोलि नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक-एक मतदान स्थल र दुई-दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर