विश्वका चढ्न नहुने विमान कम्पनीको सूचीमा नेपालको यती एयरलाइन्स

नेपाली विमान कम्पनी यती एयरलाइन्स सन् २०२४ मा हवाई यात्रुहरूले चढ्न नहुने विमान कम्पनीको सूचीमा परेको छ।

टिकर न्युज डट कोले सोमबार सार्वजनिक गरेको यस्तो सूचीमा समावेश विश्वका तीन विमान कम्पनीमा नेपालको यती एयरलाइन्स पनि परेको हो।

इन्डोनेसियाको लायर एयर, नेपालको यती एयरलाइन्स र पपुवा न्यु गिनीको पीएनजी एयर चढ्न नहुने हवाई कम्पनीमा परेका हुन्।

एयरलाइन्स रेटिङको तथ्यांकमा आधारित सूचीमा यती एयरलाइन्सको विगतमा भएका घातक दुर्घटनालाई कारण देखाउँदै यस्तो सूचीमा समावेश गरिएको जनाइएको छ।

सात स्टारमा तीनभन्दा कम ल्याउने तीन एयरलाइन्समा यती पनि परेको हो।

नेपालको समग्र उडान सुरक्षा कार्यसम्पादन औसतभन्दा माथि भए पनि यति एयरलाइन्स घातक दुर्घटनामा समावेश रहेको समाचारमा उल्लेख छ। गत वर्ष माघमा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित विमानमा सवार सबै ७२ जनाको मृत्यु भएको थियो।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *