आफूमाथि छुरा प्रहारपछि अस्पताल भर्ना भएका दक्षिण कोरियाली नेता डिस्चार्ज

दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोक्य्राटिक पार्टीका नेता ली जे म्युङ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनलाई गत हप्ता घाँटीमा छुरा प्रहार भएपछि अस्पताल भर्ना गरिएको थियो ।

लीले सियोलको अस्पताल अगाडि पत्रकार सम्मेलनमा विपक्षीलाई मार्ने र हटाउने युद्धजस्तो राजनीतिको अन्त्य हुनुपर्ने बताउँदै आफ्नो घटनाले घृणाको राजनीति अन्त्य गर्ने र राजनीतिको पुनस्थार्पना गर्ने अवसर बन्ने विश्वास व्यक्त गरे ।

लीलाई जनवरी २ मा दक्षिणपूर्वी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा ६० वर्षका एक व्यक्तिले उनको देब्रे घाँटीमा छुरा प्रहार गरेका थिए ।

बुसानमा आकस्मिक उपचारपछि उनलाई शल्यक्रियाका लागि हेलिकोप्टरबाट सियोलको अस्पतालमा सारिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर