विवाहका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था गरौं : आरजु राणा

नेपाली कांग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् ।

बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेतृ राणाले सानै उमेरमा हुने विवाह रोक्नका लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन् ।

उनले विवाह गर्नका लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्न सके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताइन् । उनले विवाह गर्नका लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरू आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने बताइन् ।

यसका लागि वडा तहदेखि कानुनी रूपमा नीति बनाउन आवश्यक रहेको उनले बताइन् । विवाह अगाडि सबै प्रक्रिया पुर्‍याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको उनले बताइन् ।

उनले अन्तर्राष्ट्रिय धेरै देशहरूमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि बताइन् । उनले बालविवाह, महिला हिंसा, बलात्कार जस्ता विकृतिहरू रोक्नका लागि कानुन नै एक मात्र विकल्प हुन सक्ने बताइन् ।

उनले नेपालका पहाडी जिल्लाहरूमा विद्यालय अध्ययनताका नै विद्यार्थीहरूले विवाह गर्ने गरेको बताइन् । उनले कम उमेरमा विवाह गर्नेहरूलाई आवश्यक अभिमुखीकरण दिनुपर्ने बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर