सुनसरीमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सुनसरीको वराहक्षेत्र नगरपालिका-५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो ।

जङ्गलबाट घाँस लिएर आइरहेका उनीमाथि हात्तीले आक्रमण गरेको थियो । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।

विष्टको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर